साध्य छैन समय चक्रमा
लेखाजोखा गर्नस्वार्थमा या निस्वार्थमा सजिव सँग या निर्जीव सँग
नजिकका सँग या टाढाका सँग
बनिएका बनाइएका
अगणित सम्बन्धहरुको।
सम्बन्धहरु कतिपय तरल
हुँदारहेछन्
एकदमै चालायमान
सवाधानिमा असावाधानीमा
कहिले कसको कहिले कसको
हातबाट
फुत्त खस्छ यौटा ढुङ्गो
सम्बन्धको तलाउमा
या चुँडालेर मालाबाट फूल
या गढ़छ मनभित्र एक शूल
उद्वेलित मनको अदालत
सुनाउँछ फैसला एक या अनेक
बिर्सेर अन्य आयामहरु सम्बन्धका
आजीवन कारावास या मृत्युदण्ड
या अन्य कुनै सजाय।
मनको तलाव केही स्थिर भएपछि
लाज लाग्न सक्छ
पश्चाताप हुन सक्छ
निर्दोषको हत्या कल्पनाको
जब चिरफार हुन्छ
सम्बन्धका मजबुनहरुको।
September 26, 2021 Toronto
